रेशम चौधरी पक्राउबारे जवाफ नदिए सरकार छाड्ने चेतावनी

काठमाडौँ, २२ वैशाख । नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले पूर्वसांसद रेशम चौधरी पक्राउबारे प्रधानमन्त्री/गृहमन्त्रीले जवाफ नदिए सरकार छाड्ने चेतावनी दिएका छन् । आज प्रतिनिधिसभा बैठकमा उनले भोलि संसद्मा जवाफ नदिइए सरकार छाड्ने बताएका हुन् । “भोलिकै दिनमा प्रधानमन्त्रीजी, गृहमन्त्रीजीले जवाफ दिनु भएन भने सरकार छोड्न बाध्य हुन्छौँ,” उनले भने । नागरिक उन्मुक्तिबाट सरकारमा अरुणकुमार…