काठमाडौँ, २५ वैशाख । भारत र पाकिस्तानबीच तनाव चर्किएपछि नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) ले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन थालेको छ । दुई मुलुकबीचको तनावको मौका छोपेर नेपाल–भारत सीमा क्षेत्रबाट हुन सक्ने अवैध घूसपैठ रोक्न एपीएफ सतर्क भएको हो । एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्य र समन्वयमा सिमानामा संयुक्त गस्ती…