गठबन्धन भत्काउन खोज्नेहरु आफैं भत्किएर सकिन्छन्  : महासचिव पोखरेल

नेपालगन्ज, २१ वैशाख । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले र नेपाली कांग्रेसको गठबन्धन २०८४ सालसम्मै जारी रहने बताउँदै गठबन्धन भत्काउन खोज्नेहरु आफैं भत्किएर सकिने बताएका छन् । एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनको शनिबारदेखि नेपालगन्जमा सुरु भएको सातौं केन्द्रीय महाधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिका लागि एमालेले निरन्तर नेतृत्व गरिरहेको बताए । नेकपा…