भूकम्प स्मृति उद्यानले अन्तर्राष्ट्रिय महत्व राख्छ : सभामुख सापकोटा

सिन्धुपाल्चोक, १६ असोज । सभामुख अग्निप्रसाद सापकोटाले भूकम्पबाट सबैभन्दा बढी क्षति ब्यहोरेको सिन्धुपाल्चोकमा निर्माण गरिने भूकम्प स्मृति उद्यानको काम यथाशीघ्र अघि बढाउन पहल गर्ने बताउनुभएको छ । बिहीबार सदरमुकाम चौतारामा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गत निर्माणको चरणमा रहेको भूकम्प स्मारक उद्यान समन्वय तथा सहजीकरणका लागि भएको बैठकमा उहाँले सो कुरा बताउनुभएको हो । उक्त स्मृति उद्यानका संरक्षकसमेत…