काठमाडौँ, १९ वैशाख । भारतबाट दैनिक १५ घण्टा बिजुली आयात हुने भएको छ । शुक्रबारदेखि बिहान ६ देखि साँझ ५ (सोलार आवर) र राति २ देखि बिहान ६ बजेसम्म बिजुली आयात गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । भारतले ४ सय केभी ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट दिनहुँ ६ सय मेगावाट बिजुली १५ घण्टा आयात गर्ने अनुमति दिएको हो ।…