काठमाडौँ, २४ वैशाख । देशमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा र परीक्षण किट्सको अभाव सुरु भइसक्दा पनि नेपाली सेनाले विदेशबाट स्वास्थ्य सामग्री ल्याउन सकेको छैन । सरकारले सेनालाई जिटुजीमार्फत शून्य कमिसनमा स्वास्थ्य सामग्री खरिदका लागि १६ चैतमा जिम्मा दिएको थियो । कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले तयार पारेको सूचीअनुसार स्वास्थ्य मन्त्रालयको समन्वयमा चीनबाट ६७ प्रकारका स्वास्थ्य…