काठमाडौँ, ४ वैशाख । अमेरिका र चीनबीचको आरोप–प्रत्यारोप बढेसँगै व्यापार युद्ध थप चर्किने देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन बोइङ सम्झौताबाट पछि हटेको आरोप लगाउँदै वार्ता गर्ने–नगर्ने चीनको हातमा रहेको बताएका छन् । ‘बल चीनको कोर्टमा छ । चीनले हामीसँग सम्झौता गर्नुपर्छ । हामीले उनीहरूसँग सम्झौता गर्नु पर्दैन,’ अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पढेर सुनाएको…