नाप नक्सासम्बन्धी स्‍नातकोत्तर तहको पढाइ अब पाठ्यक्रममा समावेश : मन्त्री अर्याल

काभ्रेपलाञ्चोक, २४ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले अब नाप, नक्सासम्बन्धी प्रविधिको पढाइ स्‍नातकोत्तर तहमा पनि गरिने बताएकी छन् । आज काभ्रेपलाञ्चोकको धुलिखेलमा भूमि प्रशिक्षण केन्द्रले नक्सासम्बन्धी आधुनिक एवं भूमि व्यवस्थापनको क्षेत्रमा क्षमता विकास र शैक्षिक प्रवर्द्धनु विषयमा गरेको अन्तराष्ट्रिय गोष्ठी उद्घाटन गर्दै मन्त्री अर्यालले अब नाप पक्सा सम्बन्धी विषयमा…