राष्ट्रपति भण्डारीद्वारा प्रदेश प्रमुखलाई पद तथा गोपनियताको शपथ

काठमाडौँ, १९ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक विशेष कार्यक्रममा उहाले शपथ ग्रहण गराउनु भएको हो । समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष लगायतका विशिष्ठ व्यक्तिको सहभागीता…