ताप्लेजुङ, १७ कार्तिक । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनताको जीवनस्तर माथि उकास्न सके मात्रै नयाँ संविधानको कार्यान्वयन हुनसक्ने भन्दै यसका लागि तीनै तहका सरकारले दिगो र परिणाममुखी योजना बनाएर काम गर्नुपर्ने आवश्यकता भएको औँल्याउनुभयो । शनिबार ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–२ खोक्लिङस्थित बेँसीगाउँ आधारभूत विद्यालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै उहाँले प्रदेश र स्थानीय तहका लागि चाहिने आवश्यक…