काठमाडौँ, १७ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले २८औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसकाे अवसरमा शुभकामना दिनुभएकाे छ । जारी शुभकामना सन्देशमा भनिएकाे छ, ‘अपाङ्गता भएका व्यक्तिहरूको २८औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा फरकक्षमता भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ उहाँले नेपालको संविधानले न्याय र समानतामा आधारित सामाजिक आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएको सन्दर्भमा फरकक्षमता…