ललितपुर, २८ चैत । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा निर्माण भएको शंखु अस्पतालको भवन उद्घाटन गर्नुभएको छ । उहाँले प्रदेशका अधिकांश पालिकाहरूमा आधारभूत अस्पताल स्थापना भइसकेको जानकारी दिंदै, अब त्यहाँ आवश्यक मेडिकल सामग्री तथा जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो। “भवन मात्र भएर हुँदैन, चिकित्सकलगायतका अन्य कर्मचारी, उपकरण र सेवा प्रदान गर्ने…