तीनकुने घटनाको छानबिन हुनुपर्छ: पूर्वप्रधानमन्त्री खनाल

झापा, २५ चैत । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहको प्रदर्शनमा भएको हिंसात्मक घटनाको न्यायिक छानबिन हुनुपर्ने बताएका छन् । समाजवादी प्रेस संगठन झापाले आइतबार बिर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता खनालले उक्त घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहको महत्त्वाकांक्षा, पूर्वपञ्चहरूको दिवास्वप्न र सरकारको दमन दोषी…