काठमाडौँ, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वकै सरकारले नेपालको भविष्य बदल्ने बताएका छन । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पश्चिम नवलपरासीले परासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भने, ‘वर्तमान सरकारले समृद्धिको आधार तयार पारिसकेको छ, मुलुकमा पूर्वाधार विकास धमाधम भइरहेकोे छ, यसलाई अझै तीव्रता दिन आवश्यक…