प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य : चिकित्सक

काठमाडौँ, १५  भदौ । सिङ्गापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रधानमन्त्रीका निजी चिकित्सक वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाहले जानकारी दिएका छन । प्रधानमन्त्री ओलीको उपचारमा केही दिन सहभागी भएर अहिले काठमाडौँ फर्केका निजी चिकित्सक डा. शाहले भने, ‘प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य छ । उहाँको मिर्गौलामा देखिएको एन्टिबडीविरुद्ध…