काठमाडौँ, २७ साउन । नीजि, अन्तर्राष्ट्रिय, दुस्कृती तथा करार कानुनको सम्वन्धमा राजधानीमा तीनदिने राष्ट्रिय कार्याशाला गोष्ठीको आयोजना गरिएको छ । सर्वोच्च अदालत बार एशोसिएसनले जापानको अन्तर्राष्ट्रिय सहयोग संस्था –(जाइका)को सहयोगमा उक्त कानुनहरूको अन्तर्राष्ट्रिय स्तरमा भएका अभ्यास विशेष गरी जापानमा भईरहेको प्रयोगका बारेमा छलफल गर्ने सन्दर्भमा सो गोष्ठीको आयोजना गरिएको हो । प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर…