काठमाडौँ, २६ साउन । काठमाडौँको सिंहदरबार घेराउ गर्न भन्दै भद्रकालीमा भेला भएका आरक्षण बचाउ आन्दोलनका सहभागी ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार भद्रकालीबाट सिंहदरबारतर्फ अघि बढ्ने क्रममा आन्दोलनमा सहभागी नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्याल, नेता कुमार लिंदेन, दलमद्र्धनकामीसहित ११ जना पक्राउ परेका हुन् । उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ…