काठमाडौँ, ४ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले साझा यातायातमा सरकारले कमाउनको लागि नभई सेवामूलक भावले लगानी गरेको बताउनुभएको छ । कम्पनीमा रुपान्तरित यातायात व्यवसायीहरुको सेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले साझा यातायातसँग नडराउन यातायात व्यवसायीहरुलाई आग्रह गर्नुभयो । साझा यातायातले सरकारले ल्याएका नीति नियम अनुसार साझालाई बृद्धबृद्धा, विद्यार्थी, अपाङ्गता भएकाहरुलाई छुट…