२४४९ व्यापारी कारवाहीमा

काठमाडौँ, २५ जेठ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले दुई हजार ४४९ व्यापारीलाई कारवाही गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको हालसम्म नाप्ने तथा तौलने यन्त्र जाँच तथा नवीकरण नगराएको भन्दै ती व्यापारीलाई कारवाही गरेको हो । तौलमा घटी बढी गरेर सामान बिक्री वितरण गर्ने तथा समयमा नाप्ने तौलने यन्त्र परीक्षण नगर्ने व्यापारीलाई कारवाही गरेको जनाइएको छ…