काठमाडौँ, २५ जेठ । सरकारले चार देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अष्ट्रेलिया सहित स्पेन, बंगलादेश र कतारका लागि राजदूत सिफारिस गरेको हो । बैठकले अष्ट्रेलियाका लागि महेशराज दाहाल, स्पेनका लागि आङफुटी शेर्पा, बंगलादेशका लागि बंशीधर मिश्र र कतारका लागि नारद भारद्वाजलाई राजदूतमा सिफारिस गरेको हो ।