नेपाल भ्रमण गर्दा सचेत रहन अष्ट्रेलियाद्वारा आफ्ना नागरिकलाई आग्रह

काठमाडौँ, १४  जेठ । अष्ट्रेलियाले नेपाल आउने आफ्ना नागरिकका ट्राभल एडभाइजरी जारी गरेको छ । आइतबार राजधानी काठमाडौँमा भएको बम विष्फोटबाट चार जनाको मृत्यु भएपछि डिपार्टमेन्ट अफ फरेन अफेयर्स एण्ड ट्रेडका तर्फबाट जारी गरिएको एडभाइजरीमा आफ्ना नागरिकलाई नेपालमा उच्च सतर्कता अपनाउन भनिएको छ । सन् २००६ अगाडि तत्कालीन माओवादी गुरिल्लाकै शैलीमा पुनः विष्फोटहरु भएको उल्लेख गर्दै…