काठमाडौँ, १५ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीलाई १२ औँ गणतन्त्र दिवसको शुभकामना व्यक्त गरेकी छन । आज गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जनभावनाको कदर गर्दै संविधान र कानुनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने महत्त्वपूर्ण घडी आएको बताएकी छन । राष्ट्रपति भण्डारीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘विश्वमा लोकप्रिय तथा…