काठमाडौँ, १२ जेठ । नेपाल विद्युत प्राधिकरणले अढाई वर्षमा नै ११ लाखभन्दा बढी मिटर वितरण गरेको छ । प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार साढे दुई वर्षको अवधिमा ६५ बाट ७८ प्रतिशतसम्म राष्ट्रिय प्रसारणलाइन पुगेको छ । यसैको बलमा प्राधिकरणले ग्राहकको संख्या आक्रामक रुपमा विस्तार गर्न सकेको बताएका छन । निर्देशक घिसिङले भने, ‘हामीले बिजुलीको…