काठमाडौँ, ४ जेठ । उपराष्ट्रपति नन्दबहादुर पुनले बुद्धजयन्ती र उभौली पर्वले शान्ति र समृद्धिको मार्गमा अगाडि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना व्यक्त गुर्नभएको छ । उपराष्ट्रपति पुनले आज शुभकामना सन्देश दिँदै सम्पूर्ण नेपाली र विश्वभरका बौद्ध धर्मावलम्बीका साथै उभौली पर्व मनाउने किरात समुदायमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो…