गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य रोकियो

बुटवल, ३० बैशाख । सरकारी लापरवाहीका कारण निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम रोकिएको छ । ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले आयोजनाको मुख्य मानिएको धावनमार्ग निर्माणको काम आइबतारबाट रोकिएको हो । भइसकेको कामको पनि भुक्तानी नपाएको भन्दै काम रोकेको हो । नगद प्रवाह नहुँदा नदीजन्य गिट्टी बालुवाको आपूर्तिमा पनि आयोजनाले समस्या भोगेको छ…