चितवन, ७ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २००७ साल, २०१७ साल, २०४६ को जस्तो परिवर्तन अहिलेको नभएको बताउँदै उहाँले अहिलेको परिवर्तन मात्रात्मक होइन गुणात्मक परिवर्तन भएको बताउनुभएको छ । तीन नम्बर प्रदेश सरकारले शुक्रबार चितवनमा आयोजना गरेको निजी क्षेत्रसँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले समृद्धिको संकल्प पूरा…