काठमाडौँ, ६ वैशाख । सरकारले सशस्त्र द्वन्द्वका गम्भीर मानवअधिकार उल्लंघनमा माफी दिने योजना नरहेको बताउनुभएको छ । मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोलुक बाँस्कोटाले नेपालको शान्ति प्रक्रिया समकालीन समयको नमुना भएको दावि गर्दै यसलाई टुंगोमा पुर्याउन नेपाल सक्षम रहेकोबताउँदै उहाँले भन्नुभयो, ‘हाम्रो क्षमतामाथि विश्वास गर्नुस् ।’ राष्ट्रसंघको…