काठमाडौँ, १६ चैत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजतन्त्र पुनः स्थापित गर्नुपर्छ भन्दै आन्दोलन गर्ने राजावादीहरु नियाजित रुपमा परिचालित अपराधिक जत्था भएको बताउनुभएको छ । हिजो काठमाडौँमा गणतन्त्रवादी र राजावादीहरुको फरक फरक ठाउँमा आन्दोलन भएको थियो । जसमा प्रतिपक्षी दलहरुले गणतन्त्रको पक्षमा गरेको आन्दोलन शान्तिपूर्ण रहेको थियो भने राजावादीहरुको आन्दोलन हिंसात्मक रुपमा रहेको थियो…