काठमाडौँ, १३ चैत । अर्थमन्त्री डा. युवराज खतिवडाले बहुवर्षीय आयोजनाको बजेट संघीय सरकार एक्लैले व्यवस्थापन गर्न नसक्ने बताएका छन । मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री खतिवडा राजश्वको बाँडफाँड गर्ने अधिकार प्रदेश र स्थानीय तहलाई दिएपछि बहुवर्षीय आयोजनाका लागि बजेटको व्यवस्था गर्ने संवैधानिक दायित्व प्रदेश र स्थानीय सरकारको हुने बताएका छन…