हिंसा अन्त्य गर्न क्रियाशील र सशक्त हुन आवश्यक : मन्त्री थापा

काठमाडौँ, १० चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसा अन्त्य गर्न महिला आफैँ क्रियाशील र सशक्त हुन आवश्यक रहेको बताएकी छन । शनिबार महिला अधिकार तथा विकास केन्द्रको २५औँ रजत जयन्तीका आवसरमा आयोजित कार्यक्रममा मन्त्री थापाले समाजमा विद्यमान लैङ्गिक भेद्भाव, विकृति र विसङ्गतिको अन्त्य गर्न महिला स्वयं लाग्नुपर्ने बताएकी छन । उनले भनिन, ‘समाजमा महिला…