काठमाडौँ, २७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सरकार र डा. सिके राउतबीच भएको सम्झौतालाई राउतले सतप्रतिशत कार्यान्यन गर्न आग्रह गर्नुभएको छ । भक्तपुरका जनप्रतिनिधि तथा अगुवा नेता, कार्यकर्ता, कर्मचारी लगायतसँगको आइतवार भएको छलफल कार्यक्रममा सांसद बस्नेतले पृथकतावादी आन्दोलन गरिरहेका डा. राउतले सरकारसँग गरेको सम्झौता अनुसार पृथकतावादी…