आवास र जमीन नहुनेलाई सरकारले व्यवस्था गर्छ : मन्त्री विष्ट

काठमाडौँ, १५ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले संविधानले दिएको अधिकारका आधारमा आवास नहुनेलाई आवास र जमीन नहुनेलाई एक पटकका लागि जमीन उपलब्ध गराइने बताउनुभएको छ । राष्ट्रिय दलित नेटवर्क नेपाल९आरडिएन०द्वारा मंगलबार यहाँ आयोजित हरवा–चरवा मुक्तिको घोषणा र पुनःस्थापनाको सन्दर्भ विषयक राष्ट्रिय नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तराईका जिल्लामा व्याप्त हरवा–चरवा…