मन्त्री अधिकारी र घिमिरेको मात्र शव पहिचान : पोष्टमार्टम गर्न करिव १० घण्टा लाग्ने

काठमाडौँ, १६ फागुन । ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, सिस्नेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मध्ये ५ जनाको शव पहिचान गर्न कठिनाइ भएको छ । पर्यटनमन्त्री रविन्द्र अधिकारी र उहाँका पीएसओ अर्जुन घिमिरेको मात्रै पहिचान भएको हो । पर्यटनमन्त्री अधिकारीको शव पूर्ण रुपमा जलिसकेको थिएन । त्यस्तै, पीएसओ घिमिरको उनले लगाएको बुटका कारण पहिचान भएको थियो ।…