काठमाडौं, २४ पौष । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त गरेको जनाएको छ । निगमको तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचार आरोपमा मुछिएपछि सुशील भट्टराईले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए । निगमलाई नेतृत्व दिन वाणिज्य तथा आपूर्ति मन्त्रालयले…