प्रदेश सरकारलाई अख्तियारी नदिनु सङ्घीयता कार्यान्वयनमा सङ्कट : नेता खाँण

कात्तिक २३, धनुषा । नेपाली कांग्रेसका नेता एवम् प्रमुख सचेतक बालकृष्ण खाँणले प्रदेश सरकारलाई अख्तियारी नदिएकाले सङ्घीयता कार्यान्वयन सङ्कटमा परेको बताएका छन् । जनकपुरमा बिहीबार पत्रकारसँग कुरा गर्दै नेता खाँणले नागरिकको आधारभूत आवश्यक्ता पूरा गर्नसमेत सरकार सफल नभएको बताए । उनले मुलुकमा हत्या, हिंसा बढेको र दोषीलाई सरकारले कारवाहीको दायरामा ल्याउन नसकेको आरोप लगाए ।…