असोज ६, काठमाडौं । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन । यिपिन पोखरासँग असोज १ गते भगेनी सम्बन्धमा जोडिएको चिनियाँ शहर हो । ५५ लाख ६० हजार जनसंख्या भएको यिपिनलाई रक्सी र बाँसको शहर भनेर चिनिन्छ । उपराष्ट्रपतिले शनिबार बिहान सिचुवान युनिभर्सिटी एण्ड इञ्जिनियरिङको भ्रमण गरेका थिए ।…