संविधान संशोधन नभएसम्म संविधान दिवसलाई कालो दिवस : नेता कर्ण

असोज ३, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन नभएसम्म आफ्नो पार्टीले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउने बताउनुभएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता कर्णले भने, ‘भोलि हामी कालो दिवस नै मनाउँछौं । देशैभरि विभिन्न जिल्लामा हामी प्रर्दशन गर्छौं र बेलुका केही समय ‘ब्ल्याक–आउट’ गर्ने…