असार १९, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचारीलाई सर्वस्वसहित जन्मकैद सजाय दिनुपर्ने बताएका छन् । बुधबार न्याय सेवा तालिम केन्द्रमा संघीय संसद सचिवालयका उपसचिवहरूलाई नेपालको विकास र समृद्धिबारे प्रशिक्षण दिने क्रममा डा. भट्टराईले नेपालमा समृद्धि ल्याउनका लागि शासकीय प्रणालीमा सुधार र राजनीतिक नेतृत्वमा दृढ इच्छाशक्ति हुनुपर्ने बताए ।…