काठमाडौं, २१ वैशाख । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव फिर्ता नलिइए आफ्नो पार्टीले व्यवस्थापिका–संसद् चल्न नदिने बताए । संसद्को बैठक दिउँसो बस्दैछ । एमाले केन्द्रीय प्रचार विभागले आज पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सरकारले चाहेको जस्तो फैसला नभएको भन्ने आधारमा स्वतन्त्र न्यायालयमाथि एकाएक त्यस्तो…