विद्युतीय यन्त्रबाट मतदान गर्न माग

काठमाडौँ, २२ वैशाख । दृष्टिविहीन नागरिकले यथाशक्य छिटो मतदान गर्न विद्युतीय यन्त्रबाट मतदान गराउने व्यवस्था गर्न निर्वाचन आयोगसँग आग्रह गरेको छ । आयोगले दृष्टिविहीनका लागि स्थानीय तह निर्वाचनसम्वन्धी आयोजना गरेको प्रशिक्षणमा सहभागी दृष्टिविहीन नागरिकले यस्तो आग्रह गरेका हुन । कार्यक्रमको शुभारम्भ गर्दै निर्वाचन आयुक्त नरेन्द्र दाहालले लोकतान्त्रिक सविधानानुसार पहिलो पटक स्थानीय तहको निर्वाचन हुन लागेकाले…