नेकपा एमाले को ठहर महाभियोग प्रस्ताव स्वेच्छाचारिताको पराकाष्टा

काठमाडौँ, १८ वैशाख । नेकपा एमाले स्थायी कमिटीको आजको बैठकले व्यवस्थापिका–संसद्क केही सदस्यले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव ल्याउनु ‘स्वेच्छाचारिताको पराकाष्टा’ भएको ठहर गरेको छ । सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकको निर्णयमा भनिएको छ, पूर्वाग्रह र दुराशयपूर्ण उक्त प्रस्ताव विधिको शासन र स्वतन्त्र न्यायलयमाथिको ठाडो हस्तक्षेप हो भन्ने हाम्रो ठहर छ…