काठमाडौँ, २२ फागुन । सरकारले आगामी आर्थिक वर्षको बजेटमा पूर्वअध्ययन पूरा नभएका र दीर्घकालीन दायित्व सिर्जना गर्ने प्रकृतिका क्रियाकलाप समावेश नगर्ने भएको छ । अर्थ मन्त्रालयले जारी गरेको आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमासम्बन्धी मार्गदर्शनमा विभिन्न आठबुँदे निर्देशन जारी गरिएको छ । यसअनुसार सीमाभित्र रहेर बजेट प्रस्ताव, नयाँ आयोजना तथा प्रस्ताव, वैदेशिक सहायताका आयोजना, बहुवर्षीय सिर्जित दायित्व…