बलात्कार आरोपमा नेकपा एसका जिल्ला अध्यक्ष पक्राउ

स्याङ्जा, २२ फागुन ।  जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ पर्नु भएको छ ।   कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय उपाध्यक्ष गिरीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो ।  कास्की जिल्ला अदालतले फागुन २ गते जबरजस्ती करणी मुद्दामा गिरीलाई पक्राउको अनुमति…