काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन् । मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्रीको सरकारी निवासमा साँझ साढे ६ बजे बस्नेगरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल र निर्णय हुने बुझिएको छ ।