काठमाडौँ, १० फागुन । ताप्लेजुङस्थित पाथीभरा (मुक्कुम्लुङ) केबलकार परियोजना र नो केबलकार समूहबिच भइरहेको पछिल्लो घटनाक्रमको समाचार सम्प्रेषण सम्बन्धमा भइरहेको टीकाटिप्पणीप्रति नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ । संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको निर्बाध उपभोग गर्न पाउने पत्रकारको अधिकारको सम्मान गर्नु हरेक पक्षको दायित्व भएको महासंघले स्मरण गराएको हो । विज्ञप्तिमा भनिएको छ, ‘कुनै…