सुर्खेत, ९ फागुन । कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी प्रतिनिधिसभा निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्नुपर्ने बताएका छन् । सुर्खेतमा बिहीबार कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता डा. कोइरालाले आगामी महाधिवेशनमा आफू सभापति पदको उम्मेदवारका रुपमा अघि बढेको बताए । डा. कोइरालाले भने, 'अहिले कांग्रेस पूरै संस्थापन पक्ष हो । हामी सबै एउटै हो । कांग्रेसको विधानअनुसार समयमै महाधिवेशन…