मधेश/तराईमा माओवादीको २१ दिने पूर्व–पश्चिम राजनीतिक यात्रा

काठमाडौँ, ९ फागुन । माओवादीले आफ्नो संगठन कमजोर भएका मधेश र तराईका जिल्लामा तीन साता लामो जागरण अभियान तय गरेको छ । नेपालको सबभन्दा दक्षिणमा रहेको पूर्वपश्चिम हुलाकी राजमार्गमा पर्ने जिल्लालाई केन्द्रित गरी ‘जनतासँग माओवादी, तराई/मधेश जागरण अभियान’ २० जिल्लामा सभा र अन्तरक्रिया गर्ने तालिका सार्वजनिक गरेको छ । माओवादीको तराई मधेशमा संगठन कमजोर भएकाले त्यस क्षेत्रमा…