काठमाडौँ, ६ फागुन । नेकपा (एकीकृत समाजवादी)ले सरकारले ल्याएका अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । आज पार्टी कार्यालय आलोकनगरमा बसेको स्थायी कमिटीको बैठकले संसद् अधिवेशनको संघारमा संसद्लाई छलेर सरकारले विभिन्न अध्यादेशहरू जारी गर्नु गलत भएको भन्दै अध्यादेशहरूको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।…