५ अध्यादेश अघि बढाइने: एकमा थप छलफल गरिने

काठमाडौँ, ४ फागुन । सत्तापक्षका केही दलको साथ नपाएपछि सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको सत्तापक्षीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेश छाडेर अन्य पाँच अध्यादेशको पारित प्रक्रिया अघि बढाउने निर्णय लिएको छ ।  गृहमन्त्री रमेश लेखकका अनुसार भूमिसम्बन्धी अध्यादेशमा सत्तापक्षका दलहरूबीच नै फरक विचार देखिएकाले त्यसमा थप छलफल गरिने…