काठमाडौँ, २३ माघ । आमाको नामबाट नागरिकता लिने प्रक्रिया थप सहज बनाउने गरी कानुन संशोधन गर्न सरकारले विधेयक संसद्मा लगेको छ । नेपाल नागरिकता ऐन, २०६३ मा संशोधन गर्न बनेको विधेयकलाई गृह मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गराएको हो । विशेष गरी एकल आमाका सन्तानलाई नागरिकता प्राप्तिमा सहज पार्न नागरिकता ऐनलाई संशोधन गर्न खोजिएको छ । नेपाली आमाबाट विदेशमा जन्मिएर…